Main News

काठमाडौं प्रवेश गर्न र बाहिरिन समस्या सधै उस्तै (भिडियो रिपोर्टसहित)

२०८० असार २४ गते १८:४७
काठमाडौं प्रवेश गर्न र बाहिरिन समस्या सधै उस्तै (भिडियो रिपोर्टसहित)

२४ असार २०८० धादिङ । महेन्द्र राजमार्ग अन्तर्गतको नारायणगढ–मुग्लिन सडकमा केही दिन यता निरन्तर पहिरो खसिरहेको छ ।

असार लागे यता मात्र सो सडक खण्डको एकै स्थानमा दर्जनौ पटक पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुनुको साथै केही सवारी साधनमा क्षति पुगेको छ । २–३ दिन बाटोमै बिताउनु पर्दा यात्रुहरुको हरिबिजोग छ । वैकल्पिक भनिएको शक्तिखोर–फिस्लिङ सडक नहुँदा ६७ जिल्लाका नागरिक संघीय राजधानी काठमाडौं प्रवेश गर्न र बाहिरिन समस्या झेल्दै आएका छन् ।

काठमाडौँको नागढुंगादेखि धादिङको मलेखुसम्म ४५ किलोमिटर र मलेखु देखि चितवनको मुग्लिनसम्म ३९ किलोमिटर सडक दुई खण्डामा ११ अर्ब ४५ करोडको लागतमा विस्तार भइरहेको छ ।

जताततै पहाड काटिएर छोडिएको सडकमा वर्षामा पहिरोको जोखिम उत्तिकै छ । छिनछिनमा खस्ने पहिरोका कारण यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् । ट्राफिक व्यवस्थापनमा समेत चुनौती छ ।

सडक निर्माणको क्रममा सवारी आवागमनमा केही अप्ठ्यारो स्वाभाविक भएपनि आवागमन सहज बनाउने गरी काम गर्ने सम्झौता गरेको निर्माण व्यवसायीकै कारण यात्रु निरन्तर सास्ती भोगिरहेका छन् ।

२०७९ जेठ पुसमा २ चरण गरी ३ वर्षमा सम्पन्नगर्ने गरी सम्झौताभएको सड्कमा पहिरोको जोखिम छ । पहिरोको कारण सवारी आवागमन लामो समय नरोकियोस् भनेर ठेकेदार कम्पनीलाई निर्देशन दिएको भनिएपनि कार्यान्व्यन भएको छैन ।

सबै भन्दा बढी सास्ती विरामी बोकेर अस्पताल हिँडेका एम्बुलेन्सलाई हुने गरेको छ । ३ खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको यो सडकको पश्चिम खण्ड्मा बल्ल १ दशमलव ४ प्रतिशत, पूर्वी खण्ड १ मा ३० प्रतिशत र २ मा १० प्रतिशत निर्माण सम्पन्नभएको छ ।

यो राजमार्गको विकल्पका रूपमा चितवनमै अर्को पनि सडक छ । त्यो सडक हो– शक्तिखोर–फिस्लिङ ग्रामीण सडक । यो सडकखण्डको अधिकांश काम सकिएको छ । साना सवारी र मोटरसाइकलमा यो सडकखण्ड हुँदै यात्रा गर्न सकिन्छ । तर यो सडकखण्डको काम पूर्ण नहुँदा र नागरिकलाई पर्याप्त जानकारी नहुँदा वैकल्पिक सडकको रूपमा प्रयोगमा आउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *