राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते

२०८० असार २० गते १६:२८
कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते

२० असार २०८० काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ ।

पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उहाँले बताउनुभयो । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो ।

यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्