Main News

गैंडा मारेको आरोपमा तीन जना पक्राउ

हिमालय टिभी
२०८० असार २० गते १४:२८
गैंडा मारेको आरोपमा तीन जना पक्राउ

२० असार २०८० पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा गैंडा मारेको अभियोगमा पक्राउ परेका तीन जनालाई चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ ।

गत माघमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले गत जेठ १२ गते तीन जनालालाई पक्राउ गरेको थियो ।

दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१८ घरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका हुन् । त्यस्तै खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक पक्राउ परेका हुन् ।

यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुबा बरामद गरेको खाग र मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँचपछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

६ माघ २०७९ मा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा भेटिएका थिए । १४ बर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेर खाग काटिएको थियो । माउ मारेको केही मिटर पर खागसमेत नपलाएको चार बर्षको केटो गैंडा मृत अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *