Main News

यो वर्षायाममा कुन-कुन क्षेत्र बाढी, पहिरो र डुबानको जोखिममा छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार २० गते १३:५१
यो वर्षायाममा कुन-कुन क्षेत्र बाढी, पहिरो र डुबानको जोखिममा छन् ? (भिडियो रिपोर्टसहित)

२० असार २०८० काठमाडौं । यो वर्ष जेठ ३२ गतेबाट मनसुन भित्रिएको छ । मनसुनको समयमा प्राकृतिक विपत्तिका घटना पनि हुने गरेका छन् ।

बाढी, पहिरो र डुबानका समस्या रहँदै आएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांक हेर्ने हो भने मनसुन सुरु भएको जेठ अन्तिमदेखि असार १९ गतेसम्म प्राकृतिक विपत्तिबाट २० जनाले ज्यान गुमाइसकेका छन् ।

चट्याङबाट मात्रै ११ जनाको मृत्यु भएको छ । यो अवधिमा १ सय ७५ स्थानमा पहिरो र ७५ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको तथ्याङ्क छ ।

बेलैमा जोखिम युक्त क्षेत्र पहिचान गर्न सके वर्षायाममा हुने यस्ता घटनाबाट हुने क्षति कम गर्न सकिन्छ । यो वर्षायाममा कुन(कुन क्षेत्र बाढी, पहिरो र डुबानको जोखिममा छन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *