Main News

एसईई नतिजा यसै साता, पुरानै ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १९ गते १७:५३
एसईई नतिजा यसै साता, पुरानै ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक हुने (भिडियो रिपोर्टसहित)

१९ असार २०८० काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको एसई परीक्षाको नतिजा यसै साता प्रकाशित गर्दैछ ।

नतिजा पुरानै ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक हुने बोर्डले जनाएको छ। सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेहरुलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको थियो। संशोधित निर्देशिकामा यसभन्दा कम अंक ल्याउनेको प्रमाण–पत्रमा नै एनजी अर्थात् नन ग्रेडेड लेखिने, मूल प्रमाण–पत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था थियो।

तर, बोर्डले यो वर्षको नतिजा प्रकाशनमा संशोधित व्यवस्था लागू नगरी अक्षरांकन ग्रेडिङ विधि लागू गर्ने भएको हो। यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाण–पत्र दिइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *