Main News
कोशीको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि सार्ने सत्ता गठबन्धनको निर्णय
२०८० असार १८ गते १८:२७

१८ असार २०८० काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेक संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले थापालाई मुख्यमन्त्री बनाउने र बहुमत ल्याउने जिम्मा कोशी प्रदेश समितिलाई नै दिने निर्णय गरेको हो । यसअघि कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रले समेत दाबी गरेको थियो ।
बैठकले जनमत पार्टीलाई पनि संघीय सरकारमा सहभागी हुन आह्वान गरेको छ । मन्त्रालयबारे जनमतको नेतृत्वसँग थप छलफल गरेर एक(दुई दिन भित्र निर्णय लिन प्रधानमन्त्रीलाई गठबन्धनले आग्रह गरेको छ ।
बैठकमा त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल भए पनि निर्णय भने हुन सकेन ।
प्रतिक्रिया