Main News
प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन जाने
२०८० असार १८ गते १५:५३
१८ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा हुने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनमा सम्बोधन गर्दे प्रधानममन्त्री प्रचण्डको भ्रमण सेप्टेम्बरमा हुने जानकारी दिनुभएको हो ।
उहाँले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकसँगको सम्बन्ध थप सुमधुर हुने दावीसमेत गर्नुभयो ।
मन्त्री साउदले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया