दलको झोला बोकेर विश्वविद्यालय जान पाइँदैनः महामन्त्री थापा (भिडियो रिपोर्टसहित)
१८ असार २०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको हो ।
विद्यार्थी राजनीतिबाट आएका थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालयमाथि उठ्न नसक्ने बताउनु भयो ।
महामन्त्री थापाले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताउनु भयो ।
महामन्त्री थापाले सरकारले बजेटमार्फत विद्यालय पूर्वाधारमा छुट्याएको रकम कम भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया