Main News

कम्युनिष्ट एकताबाट कांग्रेस तरंगित हुन नपर्ने प्रधानमन्त्री प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १८ गते १३:५३
कम्युनिष्ट एकताबाट कांग्रेस तरंगित हुन नपर्ने प्रधानमन्त्री प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

१८ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताको बहसबाट नेपाली कांग्रेस तरंगित हुनु नपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने बताउनु भएको हो ।

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उहाँले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताउनुभयो ।

यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको प्रचण्डको जिकिर थियो ।

प्रधानमन्त्री प्रचण्डले वैकल्पिक शक्तिका रुपमा आउन चाहनेलाई देशको भविष्यसँग सम्बन्ध राख्ने राजनीतिक एजेण्डा लिएर आउन आग्रह गर्नुभयो । उहाँले गिरिजाप्रसादलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *