Main News

नारायणगढ-मुग्लिन सडकमा सँधै पहिरो, यात्रुलाई सास्ती नै सास्ती (भिडियो रिपोर्टसहित)

२०८० असार १७ गते २०:५५
नारायणगढ-मुग्लिन सडकमा सँधै पहिरो, यात्रुलाई सास्ती नै सास्ती (भिडियो रिपोर्टसहित)

१७ असार २०८० काठमाडौं । लामो समय र तीन अर्ब रुपैयाँ खचेर पुनर्निर्माण गरिएको मुग्लिन–नारायणगढ सडक खण्डमा वर्षायाम सुरु भएयता बारम्बार पहिरो गएर कहिले सडक एकतर्फी त कहिले बन्द नै गर्नुपरेको छ ।

गत बिहीबार खसेको पहिरोका कारण यो सडकखण्ड अहिलेसम्म पनि अवरुद्ध छ । पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरेपनि पहिरो जाने क्रम नरोकिँदा मुग्लिन सडकखण्डको यात्र सकसपूर्ण बन्ने गरेको छ ।

मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती सुरु भएको छ । पहिरोले सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बिहीबारदेखि खसेको पहिरोले अस्तव्यस्त भएको सडक प्रत्येक दिन बन्द हुने गर्छ ।

नारायाणघाट मुग्लिग सडक खण्डको तीन किलो भन्ने स्थानमा पहिरो खसेपछि साना तथा ठूला सवारी रोकिएका छन् । निजी, सार्वजनिक यातायात तथा ट्रक यो बाटो भएर यात्रा गर्दा १५ किलोमिटर बढी लामो जाममा फसेका यात्रुहरु हजारौँ छन् ।

नारायणघाट मुग्लिन सडक खण्डको तुईन खोलामा शनिवार राती खसेको पहिरोको कारण जाममा परेका सवारी साधन पन्छाउन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की आफै पहिरो खसेको स्थानमा खटिएका थिए ।

मेसिन लगाएर पहिरो हटाउन सडक विभागका मजदुर लगायत इन्जििनियर पनि तैनाथ छन् ।

नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेप्दै आएका छन् । बिहीबार यता यो सडकमा पहिरो खसेर सडक अवरुद्ध हुने र खुलाउने क्रम रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *