Main News

तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १७ गते १४:१२
तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो रिपोर्टसहित)

१७ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा आयोजित नारायण विलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा घोषणाको बेलामा पनि फेरि नेकपातिरै फर्किनुपर्ने र पार्टीलाई एकतावद्ध गर्नुपर्ने छलफल भएको बताउनु भएको हो । उहाँले समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरिसकेको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटी सच्याएर अघि बढ्न आवश्यक रहेको पनि जोड दिनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवन सुखी, समृद्ध बनाउने जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने जिकिर गर्नुभयो । उहाँले समाजवादको यात्रामा देशलाई अगाडि बढाउने दिशामा प्रधानमन्त्री प्रचण्डले आफ्नो तर्फबाट प्रयास गरिरहेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *