Main News

संसदीय मामिला पत्रकार समाजमा नयाँ कार्यसमिति चयन

हिमालय टिभी
२०८० असार १६ गते १९:५८
संसदीय मामिला पत्रकार समाजमा नयाँ कार्यसमिति चयन

१६ असार २०८० काठमाडौ। संसदीय मामिला पत्रकार समाजको आठौ अधिबेसन सम्पन्न भएको छ।

अन्तरास्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा सम्पन्न भएको अधिवेशनबाट दुई बर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ।

१५ सदस्यीय कार्यसमिति मध्ये अधिवेशनबाट ११ जना निर्बिरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा उपाध्यक्ष तर्फ खुल्लामा किरण दहाल, महिलामा सिर्जना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा सविता शर्मा (समावेशी महिला), कोषाध्यक्षमा अमूल थापा निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी सदस्यहरुमा राजु थापा (खुल्ला), पुजन आचार्य (रोमन) (खुल्ला), कमलराज भट्ट (खुल्ला), रघुनाथ बजगाई (खुल्ला), विनोदकुमार कटुवाल (भिडिओ) र शिला तिम्सिना (फोटो) मा रहेका छन्।

निर्वाचन भएको पद अध्यक्ष, सचिव (खुल्ला) र सदस्य (समाबेसी दुई जना) मा क्रमश मनोज सत्याल, गुञ्जन राज गिरी, अन्जना लामिछाने र मीरा बस्नेत रहेका छन्।

अधिवेशनमा अध्यक्षमा ३ जना, सचिव खुल्लामा ४ जना र सदस्य समाबेसीमा ४ जनाले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *