Main News
जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन : अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)
२०८० असार १६ गते १८:२०
१६ असार २०८० काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
६५ औं संसद दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनअपेक्षा अनुसार काम नभएको र सुशासनको प्रत्याभूति हुन नसकेको बताउनुभयो ।
जनसेवाको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिन सांसदहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले राष्ट्र निर्माणका लागि पूर्व सांसदहरुको अनुभवले ठूलो काम गर्ने स्मरण गराउनु भयो ।
प्रतिक्रिया