Main News

कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बन्यो : गगन थापा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १६ गते १८:१६
कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बन्यो : गगन थापा (भिडियो रिपोर्टसहित)

१६ असार २०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सिट भएका माधवकुमार नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जाँदैनौ भन्ने लिपिबद्ध गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको गुनासो गर्नुभयो ।

महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले कांग्रेस र कांग्रेसका युवा यति धेरै आत्तिएको अवस्था इतिहासमा कहिल्यै नभएको बताउनुभयो । महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गर्नुभयो ।

महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुटनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *