रोपाईं महोत्सवमा पोखरामा रमाए पर्यटक (भिडियो रिपोर्टसहित)

१५ असार २०८० कास्की । धान दिवसको अवसरमा पोखरामा आयोजित रोपाईं महोत्सवमा विदेशी पर्यटकले मज्जा लिएका छन् ।
पोखरामा कहिल्यै पनि अफ सिजन हुँदैन भन्ने सन्देश दिन आयोजना गरिएको रोपाई महोत्सवमा विदेशी पर्यटक स्थानीयसँग दिल खोलेर रमाए ।
पोखरा १३ स्थित काहुँखोला कसेरीको फाँटमा आयोजित महोत्वसवमा छिमेकी मुलुक भारत, चीन, अमेरिका लगायतका १५ भन्दा बढी देशका पर्यटक सहभागी थिए ।
पोखरामा अफ सिजन हुँदैन, पर्यटकका लागि सधैं सिजन हुन्छ भन्ने सन्देश दिन रोपाइँ महोत्सव हरेक वर्ष आयोजना गर्ने गरिएको हो ।
महोत्सवमा हिलो खेल्ने, हिले दौड गर्ने, दही चिउरा खाने, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा घैँटो फुटाउने लगायतका रमाइला प्रतिष्पर्धा आयोजना समेत गरिएका थिए ।
स्थानीय महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ रोपनी खेतमा परम्परागत रुपमा रोपाइँ महोत्सव भएको थियो ।
प्रतिक्रिया