राजनीति

कोशी नाम, पहिचानवादीको निशानामा किन सँधै एमाले ? (भिडियो रिपोर्टसहित)

२०८० असार १५ गते १९:५९
कोशी नाम, पहिचानवादीको निशानामा किन सँधै एमाले ? (भिडियो रिपोर्टसहित)

१५ असार २०८० काठमाडौं । कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलन गरिरहेका पहिचान पक्षधरहरुको एमाले केन्द्रित आक्रमण रोकिएको छैन । केही समयअघि अध्यक्ष केपी शर्मा ओलीमाथि नै आक्रमण प्रयास गरेका पहिचान पक्षधरले शुक्रबार सचिव योगेश भट्टराईमाथि पुनः आक्रमण प्रयास गरे ।

आफ्ना नेताविरुद्ध एकपछि अर्को गरी आक्रमणको प्रयास हुँदा पनि एमाले कोशी प्रदेश नामाकरण गर्ने प्रदेशसभाको निर्णयमा अडिग छ ।

गत बैशाख १३ गते झापामा पार्टीका कार्यक्रममा सहभागी हुन पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँदै आक्रमण प्रयास भयो । कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा रहेका पहिचान पक्षधरहरुले कालो झण्डा देखाउँदै अध्यक्ष ओलीलाई अवरोध गर्ने प्रयास गरेका थिए । सो क्रम्मा प्रहरी र आन्दोलनकारी बीच झडपसमेत भएको थियो ।

शुक्रबार मदन भण्डारीको जन्मजयन्ती मनाउन इलाम पुग्नुभएका एमाले सचिव योगेश भट्टराईमाथि पनि पहिचान पक्षधरले आक्रमण प्रयास गरे । कालो झण्डा देखाउँदै भट्टराई सवार गाडीलाई अवरोध गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपर्‍यो ।

पहिचान पक्षधरले एमालेलाई पहिचान विरोधी पार्टीको आरोप लगाउँदै आएका छन् । तर एमालेले भने पहिचान पक्षधरले नभई आफ्ना नेतालाई सत्तारुढ दल नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीकै कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लगाउँछ ।

आफूमाथि आक्रमण प्रयास भएलगत्तै एमाले अध्यक्ष ओलीले आफूलाई आक्रमण प्रयास गर्ने माओवादी कार्यकर्ता भएको आरोप लगाउनु भएको थियो । त्यसबेलै उहाँले प्रदेशसभाको बहुमतको निर्णयले कोशी प्रदेश नामकरण गरेको स्मरण गराउँदै नाम फर्ने भए आउने निर्वाचनमा बहुमत पुर्‍याएर देखाउन चुनौती दिनु भएको थियो । अर्थात् निरन्तरको आन्दोलन र आफूविरुद्ध आक्रमण प्रयास जारी रहँदा एमालेले समेत कोशी प्रदेशको नामबारे पहिचान पक्षधरको आवाज सुन्ने भन्दा पनि प्रतिष्ठाको विषय बनाएर अघि बढ्ने अडानमा देखिन्छ । किन ?

यद्यपी कोशो प्रदेशको नामकरणको जसरअपजस एमालेमाथि मात्रै जाँदैन । प्रदेशसभाका अन्य दल पनि एमाले जत्तिकै जिम्मेवार छन् जसले यसको पक्षमा मत दिएका छन् । तै पनि एमालेकै नेताहरु किन टार्गेटमा पारिएको हो त ?

सशस्त्रयुद्धका क्रममा माओवादी पार्टीले जातअनुसार प्रदेश दिने घोषणा गर्दै हिँडेकाले अहिले समस्या भएको एमालेको बुझाइ छ । धेरै जात जाति भएको देशमा जातअनुसार प्रदेशको नामकरण गर्दा सामाजिक सद्भावमा नै खतरा आउन सक्ने एमालेको भनाइ छ । ९३ जना सांसद रहेको कोशी प्रदेशमा एमालेबाट निर्वाचित सांसद ४० जना छन् । गत फागुन १७ गते एमाले राप्रपा सहितको गठबन्धन सरकारको नेतृत्वमा तत्कालीन प्रदेश एकको नाम कोशी राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्