पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
१५ असार २०८० काठमाडौं । विभिन्न आयोजना निर्माणको जिम्मा लिएको पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक हरिनारायण रौनियार एक करोडभन्दा बढी रकम ठगीको आरोपमा पक्राउ परेका छन् ।
काठमाडौंको बानेश्वरबाट पक्राउ परेका पूर्वसांसद रौनियारविरुद्ध बाँके जिल्ला प्रहरी कार्यालयले गत बैशाखमै पक्राउ पुर्जी जारी गरेको थियो । बाँके प्रहरीले रौनियारलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरलाई आग्रह गरेको थियो ।
रौनियारलाई बाँके पठाउने तयारी भइरहेको प्रहरी परिसरले जानकारी दिएको छ । तत्कालीन संघीय समाजवादी फोरमका नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा क्षेत्रनम्बर ३ बाट निर्वाचित भएका थिए ।
उनको पप्पु कन्ट्रक्सनले देशका विभिन्न ठाउँका आयोजना निर्माण अलपत्र पारेको छ । गत असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तर कायम नगरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया