Main News

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, कार्कीले पाएनन् विश्वासको मत

हिमालय टिभी
२०८० असार १५ गते १३:५२
कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, कार्कीले पाएनन् विश्वासको मत

१५ असार २०८० मोरङ कोशी प्रदेशमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको छ ।

९३ सांसद रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसद अवश्यक पर्छ तर मुख्यमन्त्री हिक्कमत कार्कीको पक्षमा एमालेको ४० र राप्रपाको ६ गरी ४६ मत मात्र परेको छ । यो कुल सदस्य संख्याको बहुमत नभएकाले कार्की सरकार ढलेको हो ।

विपक्षमा भने ४३ मत पर्दा ३ सांसद अनुपस्थित भए । कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी जसपाका एक सांसद रहेका छन् । जसपाले तटस्थ बस्ने निर्णय गरेपनि प्रदेशसभामा अनुपस्थित रह्यो ।

सभामुखले मतदान गर्न नपाउनेभएकाले माओवादी केन्द्रको १२ मात्र गणना भएको छ । प्रस्तावको विपक्षमा रहेका दलबाट २ सांसद अनुपस्थित रहे ।

एमाले संसदीय दलका नेता कार्की २०७९ पुस २४ गते माओवादी केन्द्र, राप्रपा, जसपासहितको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

फागुनमा संघीय सत्ता समीकरणमा फेरबदल आएपछि त्यसैको प्रभावमा एक महिनाअघि सत्ता गठबन्धनमा रहेका माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि अब बन्ने सरकारको नेतृत्वमा कांग्रेस–माओवादीबीच विवाद रहेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच सहमति नै जुटेपनि बहुमत पुर्याउन कठिन रहेको छ ।

सभामुखलाई राजीनामा गराउँदा मात्रै बहुमत पुग्न सक्छ । तर, यो कठिन छ । यदी कसैको पनि सरकार बन्न नसके कोशी प्रदेश मध्यावधिमा जान सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *