Main News

स्वास्थ्य बीमा कार्यक्रममा सरकारकै लापरबाही (भिडियो रिपोर्टसहित)

२०८० असार १३ गते २१:००
स्वास्थ्य बीमा कार्यक्रममा सरकारकै लापरबाही (भिडियो रिपोर्टसहित)

१३ असार २०८० काठमाडौं । पैसाकै अभावमा स्वास्थ्य उपचारबाट नागरिक बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ २०७२ सालमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्‍यो । नागरिकको स्वास्थ्य उपचारमा अहम् भूमिका खेल्ने स्वास्थ्य बीमा कार्यक्रम समस्यै समस्याले जेलिएको छ ।

बुधबार राष्ट्रियसभा तथा दिगो विकास सुशासन समितिको बैठकमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसदहरु । नागरिकलाई उपचारको प्रत्याभूतिका लागि भन्दै सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम कस्तो अवस्थाबाट गुज्रीरहेको छ भन्ने कुरा थाहा पाउन सांसदहरुको यही चासो पर्याप्त छ ।

तर स्वास्थ्य बीमा बोर्ड भने कर्मचारीको अभावका कारण अहिलेको समस्या र गुनासो आइरहेको दाबी गर्छ ।

देशभर ४ सय ६० सूचीकृत स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् । बीमा मार्फत् सेवाग्राहीले सेवा लिएसँगै सरकारले सम्बन्धित स्वास्थ्य संस्थालाई लागेको रकम दिने गर्छ । तर स्वास्थ्य संस्था यो विषयमा इमान्दार नहुँदासम्म र स्वास्थ्यमैत्री निति नल्याएसम्म बीमा कार्यक्रमलाई गुणस्तरीय बनाउन गाह्रो हुने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार ७ वर्षको अवधिमा स्वास्थ्य बीमा कार्यक्रममा ६८ लाख अथात् कुल जनसंख्याको २४ प्रतिशत नागरिक मात्रै आबद्ध छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रयास भइरहेको छ तर २४ प्रतिशतलेसमेत सुलभ सेवा पाउन सकिरहेका छैनन् । यसबारे सरोकारवालाहरुले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकारकै इच्छाशक्तिको अभाव देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *