Main News

विमानस्थलमा आफन्त बिदाइ गर्न जान पनि छुट्याइयो कोटा, तर भएन कार्यान्वयन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १३ गते २०:५६
विमानस्थलमा आफन्त बिदाइ गर्न जान पनि छुट्याइयो कोटा, तर भएन कार्यान्वयन (भिडियो रिपोर्टसहित)

१३ असार २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १ हजार ८ सय मानिस विदेश जानका लागि पुग्छन् । त्यही हाराहारीमा स्वदेश फर्किने पनि हुन्छन् । विमानस्थल प्रशासनले बाहिरिने र भित्रिनेको विदाइ तथा स्वागतमा जानेको संख्या निर्धारण गरेको छ ।

असार १२ गते सूचना जारी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले विदाइ वा स्वागतका लागि तीन जनालाई मात्र विमानस्थल प्रवेशको अनुमति दिने जानकारी गरायो । यो नियम विशिष्ठलाई पनि लागू हुने दाबी गरियो । तर, व्यवहारमा कार्यान्वयन गराउन विमानस्थल प्रशासन चुकेको छ ।

विमानस्थल प्रशासनले सर्वाजनिक गरेको यो सूचनामा एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने उल्लेख छ । यो सूचनाबारे हामीले विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलालाई प्रश्न गर्यौं ।

उहाँले ठाउँको सिमितता र ट्राफिक व्यवस्थापनमा आएको समस्याका कारण यो निर्णय लागू गर्नुपरेको जानकारी गराउनुभयो । उहाँले भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र ‘प्यासेन्जर ड्रप एरिया’मा दुर्घटनाको जोखिम समेत बढेको बताउनुभयो ।

हामीले यो नियम कस–कसका लागि लागुहुन्छ भनेर पनि सोध्यौं । उहाँले यो सबैका लागि लागु हुने बताउनुभयो । त्यसो भए मंगलबार राति चीन उडेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई किन लागु भएन भनेर चासो राख्यौं । यो तस्बीर हेर्नुहोस्, उपप्रधानमन्त्री श्रेष्ठलाई विदाइ गर्न १० जनाभन्दा बढी सहभागी छन् ।

सबैलाई समान नियम खोइ त हामीले पुनः प्रवक्ता सिटौलालाई सोध्यौं । विमानस्थलमा पुगेका यात्रुले पनि सानालाई ऐन, ठूलालाई चैन भन्दै आक्रोश पोखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *