Main News

बजेटको कडा विरोध : तर पक्षमा मतदानको ह्विप (भिडियो रिपोर्टसहित)

२०८० असार १३ गते २०:४३
बजेटको कडा विरोध : तर पक्षमा मतदानको ह्विप (भिडियो रिपोर्टसहित)

१३ असार २०८० काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ को बजेटप्रति चर्को असन्तुष्टि प्रकट गर्दै आएका सत्तारुढ दलहरु अन्ततः यु–टर्न भए ।र, बजेट पारित भयो। बजेट संशोधन नभए पासै हुन नदिने बरु सरकार छाड्ने चेतावनी दिँदै आएको एकीकृत समाजवादी र जसपा बजेटको पक्षमा मतदान गर्न बाध्य भए। यसको एउटै कारण थियो सत्ताबाट बाहिरिनुपर्छ भन्ने त्रास । सरकार समर्थक जनमत पार्टी भने बजेटको विपक्षमा उभियो।

यतिमात्र होइन एकीकृत समाजवादीका अध्यक्षसहितका सांसदले बालुवाटारमै गएर बजेट सच्याउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह समेत गरेका थिए ।

संसद भित्र र बाहिरसमेत बजेटको चर्को आलोचना गरिरहेका उनीहरु अन्ततः तातोपानी देउ नभए चिसै पानीले नुहाउँछु भन्नेमा पुगे । र, एकीकृत समाजवादीसहित असन्तुष्टि जाहेर गर्दै आएका जसपासमेत बजेटको पक्षमा मतदान गर्न बाध्य भए । यसको एउटै कारण थियो बजेट पास गर्न सहयोग नगर्दा सत्ता गुम्ने डर ।

अहिले ८ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहनुभएको छ । सरकारलाई समर्थन गरेको ६ सीट रहेको जनमत पार्टीले भने बजेटको विपक्षमा मत हाल्यो । जनमतले विपक्षमा मत हाल्दा पनि १ सय ४७ सांसद बजेटको पक्षमै उभिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुरको गृहजिल्ला डडेलधुरा र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्ला नुवाकोटमा धेरै रकम बिनियोजन गरेको आरोप थियो ।

बजेटप्रति सत्तारुढ दलकै असन्तुष्टिले सरकार नै अप्ठ्यारोमा पर्ने अड्कलबाजी भइरहेको थियो । तर प्रधानमन्त्री र अर्थमन्त्रले भने बिना संशोधन बजेट पास गर्ने र हुनेमा अडिग थिए । अन्ततः भयो पनि त्यस्तै । उसो त हामी कहाँ बजेट संशोधन गर्ने परिपाटी नै छैन् । यतीसम्मकी बजेटसम्बन्धि प्रस्ताव फेरबदल गर्नुपर्यो भने सरकार असफल हुन्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *