Main News

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२०८० असार १३ गते १८:००
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

१३ असार २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ ।

उहाँ यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि आज दिउँसो निवास फर्कनुभएको हो । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उहाँको स्वाथ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *