Main News

ललिता निवास जग्गा प्रकरणः पक्राउ परेकाहरुलाई सात दिन थुनामा राख्न अनुमति

हिमालय टिभी
२०८० असार १३ गते १७:१३
ललिता निवास जग्गा प्रकरणः पक्राउ परेकाहरुलाई सात दिन थुनामा राख्न अनुमति

१३ असार २०८० काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले हिजो पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले जिल्ला अदालतमा उनीहरुलाई म्याद थपका लागि लगेको थियो। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

हिजो पक्राउ परेका कलाधर देउजा,भुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अदालतको स्टेअर्डरपछि हिजो नै रिहा गरिएको थियो ।

यसैबीच आजै बिहान बालुवाटारको ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सार्वजनिक गरेको थियो । सीआईबीले पक्राउ परेकामाथि मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *