Main News

विपक्षीको अवरोधपछि संसद बैठक स्थगित

हिमालय टिभी
२०८० असार १३ गते १५:०७
विपक्षीको अवरोधपछि संसद बैठक स्थगित

१३ असार २०८० काठमाडौं । निर्वाचन कार्यालय जिल्ला प्रशासन मातहत राख्ने निर्णय नसच्याइएकोभन्दै विपक्षी दलहरुले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

प्रतिपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले अवरोध गरेपछि बैठक केहीबेरका लागि स्थगित भएको छ । बजेट आजै पारित गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले हिजोकै बैठकमा निर्वाचन कार्यालय अलगै रहने व्यवस्था मिलाउने आवश्वासन दिंदै बजेट पारितका लागि सहयोगका लागि आग्रह गर्नुभएको थियो । तर, आजको बैठकमा विपक्षी दलहरुले आश्वासनले मात्र नहुनेभन्दै बैठक चल्न दिएनन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन कार्यालयको विषयमा सत्तारुढ र विपक्षी दुबै पक्ष सहमत भएको र सरकारले समेत प्रतिवद्धता जनाएकाले प्राविधिक पक्षमात्र मिलाउन बाँकी रहेकाले बैठक चल्न दिन आग्रह गर्नुभएको थियो । तर अवरोध कायमै भएपछि सभामुख देवराज घिमिरेले प्राविधि पक्ष मिलाएर पुनः बैठक सञ्चालन गर्नेगरी १५ मिनेटका लागि स्थगित गर्नुभएको छ । जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि जेठ २२ देखि छलफल शुरु भएको थियो ।

बजेटको पक्षमा मत दिन नेपाली कांग्रेस, मा‌ओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ह्विप जारी गरिसकेका छन् । जनमत पार्टीले भने बजेटको विपक्षमा मत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *