Main News

चिनियाँ धनाढ्य ज्याक माको टोली काठमाडौंमा, भोलि प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने

हिमालय टिभी
२०८० असार १२ गते १६:३५
चिनियाँ धनाढ्य ज्याक माको टोली काठमाडौंमा, भोलि प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने

१२ असार २०८० काठमाडौं । अलिबाबाका संस्थापक एवं चिनियाँ धनाढ्य ज्याक मासहितको टोली काठमाडौँ आएको छ ।

उनी आठ जनाको टोलीसहित निजी विमानमार्फत काठमाडौँ आइपुगेका हुन् ।

अध्यागमन विभागका अधिकारी खिमलाल भुसालका अनुसार उनीहरू सवार विमान आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उनीहरू चीनबाट ढाका हुँदै काठमाडौँ आएको र नेपालमा रहँदा विशेष भेटघाट गर्ने पनि बताइएको छ ।

कले भोलि बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने छन् । पाँच जना चिनियाँ र अन्य देशका नागरिकसहितको उक्त टोली काठमाडौँको नक्सालस्थित मेरियट होटलमा बसेको छ ।

उनी सार्वजनिक जीवनबाट गायबजस्तै भएको तीन वर्षपछि करिब चार महिनाअघि पुनः चीनमा देखिएका थिए । सन् २०२० मा चीनको आर्थिक नीति तथा नियमनबारे आलोचना गरेयता ज्याक सार्वजनिक रूपमा बिरलै देखिन्छन् ।

चीन सरकारको दबाब र नियन्त्रणमा ज्याक नजर बन्दमा रहेको धेरैको अनुमान थियो । त्यसबीचमा जापानमा गएर बसेको पनि बताइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *