Main News

एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरोध, अर्थमन्त्रीले दिए यस्तो प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १२ गते १३:४४
एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरोध, अर्थमन्त्रीले दिए यस्तो प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

१२ असार २०८० काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयको विरोधमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

उनीहरूले अर्थमन्त्रीले बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णयले निष्पक्ष निर्वाचनविरुद्ध सरकार रहेको देखिएको भन्दै रुलिङ माग गरेका हुन् । एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताउनुभयो ।

विपक्षीको अवरोध पछि स्थगित बैठक फेरि शुरु भएको छ । बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने प्रष्टीकरण दिनुभएको छ । उहाँले जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय स्वतन्त्र अस्तित्वको रहने जिकिर गर्दै प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको अर्थमन्त्री महतले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *