Main News

जलहरीमा कैफियत खोज्दै अख्तियार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ११ गते २०:५८
जलहरीमा कैफियत खोज्दै अख्तियार (भिडियो रिपोर्टसहित)

११ असार २०८० काठमाडौं । निकै ठूलो अनियमितता भएको चर्चासँगै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको ‘जलहरी’ नै निकालेर तौलिएको छ।

कडा सुरक्षा धेराबीच आठ घण्टाभन्दा बढी समय लगाएर जलहरी जोख्दा तौलमा ठूलो ‘कैफियत’ नगरिएको अख्तियारको प्रारम्भिक निष्कर्ष छ। पूर्ण प्रतिवेदन आउन भने केही दिन लाग्ने बताइएको छ।

आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुुगेको अख्तियारको टोलीले आज ९सोमबार० बिहान २ बजेसम्म लगाएर जलहरी तौलिएको थियो। कडा सुरक्षा घेरामा आयोगले सुन जोख्दा पशुपति क्षेत्र विकास कोष, खानी तथा भू–गर्भ र गुणस्तर तथा नापतौल विभाग तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि उपस्थित थिए।

जलहरी निकालेर जोख्न ८ घण्टा भन्दा बढि समय लागेको थियो। आयोगका अनुसार जलहरीको १०६।४३२५ केजी र जलहरी कस्ने किलाकाँटीको तौल १।०३७५ किलो भेटिएको छ। १०८ किलोको जलहरी राखिएको भनिदै आइएकोमा अख्तियारले गरेको तौल त्यसभन्दा ०।५३ किलोग्राम कम हो। आयोगका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग गरिएको छ भनेर छुट्याउन भने अझै केही दिन लाग्ने छ।

सयौं वर्षसम्म ननिकाल्ने गरी पशुपतिको मूल मन्दिरमा स्थापित जलहरीमा तत्कालीन राष्ट्रपति विद्योदेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित १३ जनाको नाम कुँदिएर चर्चा थियो। तर, अख्तियारले यस्को पुष्टि भने गरेको छैन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १२ गते पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘संकल्प पूजा’ गरी करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए। जलहरी राख्न ओली नेतृत्वको सरकारले दिएको ३० करोडमा ५० करोड ११ हजार थपेर पशुपति क्षेत्र विकास कोषले करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो।

जलहरी राख्दा अनियमितता भएको भन्दै सार्वजनिक चर्चासहित अख्तियारमा समेत उजुरी परेपछि आयोगले ढिलो गरी जलहरीको तौल लिएको हो। महालेखा परीक्षकको ५९ ‍औं प्रतिवेदनले समेत प्रश्न उठाएपछि जलहरी प्रकरण थप चर्चामा आउँदा केही साताअघि यसै प्रकरणका कारण संसदमा पनि हंगामा भएको थियो। राजनीतिक नेतृत्वलाई जोडेर संसदमा पनि प्रश्न उठेपछि अख्तियार नामजाँचमै उत्रिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *