Main News

उपभोक्ताको उजुरी परेपछि एफडीएच क्लिनिक बन्द (भिडियो रिपोर्टसहित)

२०८० असार ११ गते २०:५२
उपभोक्ताको उजुरी परेपछि एफडीएच क्लिनिक बन्द (भिडियो रिपोर्टसहित)

११ असार २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एक क्लिनिक आइतबार सिल गरेको छ । बिरामीको उजुरीको आधारमा क्लिनिक बन्द गरिएको महनगरको भनाइ छ । किन पर्‍यो क्लिनिकविरुद्ध उजुरी ?

फुड, डाइबिटिज र हार्ट एफडीएच नामबाट सञ्चालन गरिएको क्लिनिकले मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आएको थियो । यो क्लिनिक डाक्टर दिलजान मन्सुरले सञ्चालन गरेका थिए।

मन्सुरको फेसबुक पेज हेर्ने हो भने धेरै व्यक्तिले मन्सुरले दिएको डाइट प्लान लागू गर्दा आफूलाई भएको फाइदाको विषयमा पोष्ट गरेका छन् र उनको प्रशंसा समेत गरेका छन् । मोटोपन भएकाहरुले आफ्नो तौल घटेको प्रमाणदेखि लामोसमयसम्म चिनी रोग अर्थात् मधुमेहको समस्या भएकाहरुले औषधि नै छोड्न सफल भएको भन्दै मन्सुरको फेसबुक पेजमा पोष्ट गरका छन् । तर उनले दिएको डाइट प्लानले स्वास्थ्यमै असर गरेकाहरुले महानगरपालिकामा गुनासो गरेसँगै क्लिनिक बन्द भएको हो ।

हो, मन्सुरले क्लिनिकमा उपचार गराउन आउने बिरामीसँग भेट्ने वित्तिकै १० हजार रुपैयाँ शुल्क लिएर एक घण्टाको लाइफस्टाइल मोडिफिकेन कक्षा दिने गर्थे ।

चीनमा इन्टरनल मेडिसिनमा एमबीबीएस गरेका डाक्टर मन्सुरले खानपान मार्फत् मोटोपन घटाउने, औषधी प्रयोग गर्न नपर्ने दावी गर्दै आफ्नै लो कार्व किङ नामक रेस्टुरेन्ट समेत खोलेका थिए । तर सबै व्यक्तिलाई एउटै उपचार पद्धतीबाट उपचार गरेका कारण समस्या उत्पन्न भयो ।

उपचार गर्न पुगेकाहरुलाई समस्या मात्रै होईन, मन्सुरले क्लिनिकको दर्ता समेत नगरी सञ्चालन गरिरहेका थिए । नागरिक बडापत्र नराखेको र सुरुमा १० हजार रुपैयाँ शुल्क लिने र अन्य उपचारको लागि पनि विभिन्न नाममा शुल्क लिने गरेको गुनासो समेत महानगरपालिकामा आएको छ ।

यतिबेला डाक्टर मन्सुरविरुद्ध मेडिकल काउन्सिलमा समेत उजुरी परेको छ । हामीले यो विषयमा बुझ्दा काउन्सिलले अध्ययन गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *