Main News

चट्याङ लागेर दुई जनाको मृत्यु

२०८० असार ९ गते २१:२०
चट्याङ लागेर दुई जनाको मृत्यु

९ असार २०८० दाङ । दाङमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दङ्गीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार दङ्गीशरण–३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र दङ्गीशरण–६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको हो । चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दङ्गीशरण–६ स्थित गोरु बाँध्न बनाएको छाप्रोमा ओत लागिरहेको अवस्थामा आज साँझ साढे ६ बजेतिर चट्याङ लागेको हो ।

त्यस्तै केसीलाई अपराह्न ५ बजेतिर बागरस्थित खेतबाट घाँस लिँदै गरेको अवस्थामा चट्याङले लागेको थियो । उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *