राजनीति

गठबन्धन फेर्ने कसरतमा कांग्रेस-एमाले (भिडियो रिपोर्टसहित)

२०८० असार ९ गते २१:१४
गठबन्धन फेर्ने कसरतमा कांग्रेस-एमाले (भिडियो रिपोर्टसहित)

९ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनका घटकहरु रुष्ट बनेका छन् । एकीकृत समाजवादी बजेटलाई लिएर रुष्ट बन्दा कांग्रेस पनि प्रचण्डको व्यवहारबाट असन्तुष्ट बनेको छ ।

हालै सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डसँगको सामिप्यताबाट अघाउन थालेको कांग्रेस वृत्तमा चर्चा छ । आफ्ना अर्थमन्त्रीले ल्याएको बजेटमा प्रधानमन्त्री आफैंले असन्तुष्टि राख्नु र भारत भ्रमणबारे सभापति देउवाले विफ्रिङ नपाउनुले देउवा झस्किनुभएको छ । जुनकुनैबेला सत्ता समीकरणमा आउन सक्ने फेरबदलमा आश्चर्य नमान्न कांग्रेस नेताहरु बताउँछन् ।

गएको जेठ ३० गते उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जानुभयो । असार ६ गते फर्किने कार्यतालिकामा परिवर्तन गर्दै उहाँ शुक्रबार साँझमात्र स्वदेश फर्किनुभयो । हुन त नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर गएको उहाँको सचिवालयले बताएको छ । तर, कांग्रेस नेताहरु भने त्यतिका लागि मात्र नभएको बताउँछन् ।

उहाँ सिंगापुर जानु र यहाँ कांग्रेस तथा एमालेका दोस्रो तहका नेताहरुको हिमचिम बढ्नुलाई संयोगमात्र नठान्न कांग्रेसकै नेताहरुले बताउँने गरेका छन् । भूराजनीतिक चलखेल बढ्दै जाँदा पश्चिमा साँठगाँठमै देउवाको सिंगापुर यात्रा तय भएको बताउनेहरु पनि छन् । शेरबहादुर देउवालाई भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री प्रचण्डले विफ्रिङ नगर्नुले पनि देउवा रुष्ट बन्नुभएको बताइन्छ ।

भारतीय संस्थापनको लबीमा झुकेका प्रचण्डलाई स्थापित गर्न भएका प्रयासलाई देउवाले शंकाको दृष्टिकोणले हेरेको उहाँ निकट नेताहरु बताउँछन् । छिट्टै नै सत्ता समीकरण फेर्ने दाउमा देउवा चाहना रहेको बताउने गरिएको छ । यतिमा मात्र होइन, आफ्ना विश्वासिला प्रतिनिधि प्रकाशशरण महतले ल्याएको बजेटमा प्रचण्डले देखाएको असन्तुष्टि पनि देउवाको विश्वास गुमाउने काम भएको बताइन्छ ।

५४ सीटसहितको समाजवादी मोर्चा बनाएर प्रचण्डले देउवालाई झस्काएको बताइएको छ । माओवादी केन्द्रकै सांसदले बजेट संशोधन गर्नुपर्ने माग गर्नु, समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले पनि बजेट तीव्र आलोचना गर्नुले देउवा असन्तुष्ट बन्नुभएको छ । एकीकृत समाजवादी र जसपाले त यथास्थितिमा बजेट पारित गर्न नदिने अडान नै राखेको छ ।

गठबन्धनभित्रको यही असन्तुष्टिलाई ‘क्यास’ गर्ने दाउमा रहेको एमाले कांग्रेससँग सघन वार्तामा जुटेको छ । एमाले उपाध्यक्षसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ वर्तमान सत्ता गठबन्धनमा असन्तुष्टिहरु छताछुल्ल भएको दृष्टान्त राख्दै राजनीतिमा सबैखाले सम्भावना रहेको बताउनुहुन्छ । उहाँले एक कदम अघि बढेर कांग्रेससँग हार्दिकतापूर्ण सम्बन्ध राख्न तयार रहेको सन्देश सार्वजनिकरुपमै दिनुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले पनि एमालेसँगको वार्तालाई सघन बनाउने सन्देश दिइसक्नुभएको छ ।

एकातर्फ सत्ता गठबन्धनमा नै बजेटलाई लिएर खटपट अनि कांग्रेस विरुद्ध मोर्चाबन्दी हुनु अर्कोतर्फ एमाले पनि अहिलेको सरकारको विकल्प खोज्न लागिपर्नुले एमाले–कांग्रेसबीच सहकार्य हुन सक्ने संकेत देखिन्छन् ।

आम निर्वाचन २०७९ को अन्तिम मतपरिणाम आएपछि कुनै एक पार्टीको सरकार बन्ने सम्भावना थिएन् । अनि एमाले र कांग्रेसबाहेक अन्य दलहरुले अर्को सारथी खोजेर सरकार गठन गर्ने ल्याकत पनि राख्दैन थिए । यस्तोमा जनस्तरबाट एमाले कांग्रेसले सरकार बनाउन सुझाब आएको थियो ।

केही राजनीति मामलका जानरकारले त पाँच वर्षे स्थायीत्वका लागि दुई पार्टी मिलेर सरकार बनाउन सुझाएका पनि थिए । तर, त्यो सम्भव भएन् । अहिले उक्त सहकार्यको सकरात्मक संकेत देखिएकाले ‘मौकामा चौका’ हन्न सुझाउने पनि थुप्रै छन् । के एमाले–कांग्रेस सरकार गठनमा लाग्लान् त रु सम्भवत यसको जवाफका लागि केही समय पर्खिनै पर्ला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्