Main News

काठमाडौं महानगर ३१ को नौलो प्रयास ‘कलरफुल’ भित्ताहरू (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ९ गते २०:२३
काठमाडौं महानगर ३१ को नौलो प्रयास ‘कलरफुल’ भित्ताहरू (भिडियो रिपोर्टसहित)

९ असार २०८० काठमाडौं । काठमाडौंमा भवन तथा सडकहरुको डिजाइनमा एकरुपता छैन । जसका कारण घर, सडक र गल्लीहरु अस्तव्यस्त देखिन्छन् । यो अस्तव्यस्त सहरलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले वाल पेन्टिङबाट सुन्दर देखाउने प्रयास थालेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन पछाडिको दृष्य हो । केही साताअघि देखि ३१ नम्बर वडाको सक्रियतामा यहाँका भित्ताहरुलाई रंग्याएर चिटिक्क पार्ने काम भइरहेको छ ।

यहाँको जनता मार्गमा प्याजी रङ लगाइएको छ । सुनकेशरी मार्गमा क्रिम रङ लगाइरहेको छ ।जनसहयोग मार्ग र अम्बिका मार्गमा पहेँलो रङ लगाइएको छ ।

विभिन्न मार्गमा लगाइएको थरीथरी रंगले यी गल्ली र वस्तीहरुको सौन्दर्य बढाएको छ । यो अभियान उपत्यकाभरि नै चल्न सकै सबैतिर सुन्दर दृष्य देख्न पाइन्थ्यो कि ?

सडकका दायाँबायाँ भित्ता एकानासे देखिँदा भिन्न मार्गहरू पनि सहजै छुट्याउन सकिन्छ ।

यस क्षेत्रमा रङ लगाउन वडा कार्यालयले १० लाख बजेट छुट्टयाइएको छ । थोरै बजेटमा सहर सुन्दर बनाउने प्रयास थालेको वडाले आंशिक सफलता हात पारेको छ । यसका लागि एउटा वडा मात्र होइन महानगर नै अग्रसर भएर काम थाल्ने हो भने बाहिरी दृष्य अस्तव्यस्त देखिने काठमाडौं सहरको भित्रि दृष्य भने मनमोहक बन्थ्यो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *