Main News

यो वर्ष मल अभाव नहुने प्रधानमन्त्री प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ८ गते १४:१९
यो वर्ष मल अभाव नहुने प्रधानमन्त्री प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

८ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान बालीका लागि मल अभाव नहुने जानकारी दिनुभएको हो ।

जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे गरेको प्रश्नको जवाफमा उहाँले ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको बताउनुभयो ।

सांसद अजयकुमार चौरासियाको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताउनुभयो ।

उहाँले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०(८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताउनुभयो । उहाँले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको बताउनु भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *