Main News

प्राकृतिक विपद : राहतभन्दा पहिले अवलोकनमै हतार ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ५ गते २०:५२
प्राकृतिक विपद : राहतभन्दा पहिले अवलोकनमै हतार ! (भिडियो रिपोर्टसहित)

५ असार २०८० काठमाडौं । प्राकृतिक विपद्पछि प्रभावितको उद्दार र उपचार तथा तिनका लागि तत्कालिन राहत र पुनर्स्थापनाको दीर्घकालिन योजना सरकारको प्राथमिकतामा पर्नुपर्ने हो। तर, पछिल्लो समय प्रभावितको उद्धार र तिसम्म राहत सामग्री पुग्नुअघि नै प्रधानमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारी हेलिकोप्टर चढेर ‘आश्वासन’ बोकेर पुग्छन्।

प्रभावित क्षेत्र र पीडितको पक्षमा तत्काल निणर्य लिनुपर्ने अधिकारीको अवलोकन मोहले गलत प्रवृत्तिलाई प्रोत्साहित गरिरहेको छ। सोमबार मात्रै पनि प्रधानमन्त्रीसहितको जम्बो टोली पूर्वी पहाडको बाढी(पहिरो प्रभावित क्षेत्र अबलोनक गर्न हेलिकोप्टरमा निस्कियो। तर, त्यहाँ उच्च सरकारी अधिकारीभन्दा अगाडि राहत सामग्री चाहिँ पुग्नुपथ्र्यो नि, होइन ?

तस्विर १ – २०८० असार ४ गते संखुवासभा, ताप्लेजुङ र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टरमा जाँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तर प्रतिकुल मौसमका कारण उहाँ प्रभावित स्थलमा नपुगी काठमाडौं फर्किनु भयो ।

तस्विर २ – २०७७ असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका पाँच जम्बु बजारस्थित बाढी पहिरो प्रभावित क्षेत्रमा तत्कालीन समामुख अग्नीप्रसाद सापकोटा हेलिकोप्टर लिएरै पुग्नुभयो ।

तस्विर ३ – २०७८ कात्तिक ४ गते सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा । उहाँ पनि हेलिकोप्टरमै प्रभावित क्षेत्रमा पुग्नु भएको थियो ।

तस्विर ४ – २०७८ असार २६ गते सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोले क्षति पु(याएपछि अवलोकनका लागि पुग्नु भएका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली । उहाँ पनि हेलिकोप्टर लिएरै पुग्नु भएको थियो ।

यी चार वटा तस्विर फरक(फरक मितिमा देशका विभिन्न स्थानमा गएको बाढी पहिरोबाट जनधनको क्षति अवलोकनका लागि हेलिकोप्टर लिएर पुगेका प्रधानमन्त्री, सभामुखसहित शीर्ष नेताहरुको हो । हरेक वर्ष बाढी पहिरोबाट जनधनको क्षति पु-याएको ठाउँमा हेलिकोप्टर लिएर दलबल सहित पुग्ने नेताहरुको प्रतिस्पर्धा नै चल्छ ।

बाढी पहिरो प्रभावित क्षेत्र पुगेका नेताहरुले पीडितको नाममा राजनीतिको रोटी सेकाउनु बाहेक अरु कुनै फाइदा छैन । बाढी पहिरो र डुवान प्रभावितलाई राहात र पुर्नस्थापनाको आश्वसन बाडन् भने छाड्दैनन् ।

केही दिन अघि आएको बाढी पहिरोले पूर्वी नेपालका संखुवासभा, ताप्लेजुङ र पाँचधरका पीडितलाई आवश्सन दिन सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यस क्षेत्रका सांसद र सेनापतिसंगै नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गर्नु भयो ।

प्रतिकुल मौसमका कारण प्रधानमन्त्री दाहाल बाढी पहिरो प्रभावित क्षेत्रमा नपुगी काठमाडौं फर्किनु भयो । जाँदा हेलिकोप्टरमा गएका प्रधानमन्त्री दाहाल फर्किदा भने जहाजबाट काठमाडौं उत्रिनुभयो । र समाजवादी मोर्चाको कार्यक्रममा भाग लिन हतार–हतार आइपुग्नुभयो ।

प्रधानमन्त्री ,मन्त्री र शीर्ष नेताहरु नै आएर आश्वासन दिएपछि पीडितलाई राहात र पुर्नस्थापनाको आश थोरै भएपनि पलाउँछ । तर उनीहरुको आशा वर्खायाम संगै समाप्त भएर जान्छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर लिएर पुग्नु भन्दा दैवि प्रकोप उद्दार तथा राहत वितरण कोषमा रहेको लाखौं रकम मध्येबाट थोरै रकम उपलब्ध गराउन सकेमा पीडितले थोरै भएपनि राहात पाउने थिए । अहिले कोषमा रहेका रकम प्रयोगविहिन छ । पीडितलाई तत्काल र दीर्घकालीन योजना अनुसार राहात दिन नसक्ने तर प्रभावित क्षेत्रमा पुगेर चाँहिने नचाँहिने आश्वासन दिनुको के अर्थ ?

नेताहरुको आश्वसनबाट पीडितले राहात पाउन सकेका छैनन् भने अर्को तर्फ हेलिकोप्टर चार्टरमा राज्यको लाखौं रकम खर्च भैरहेको छ । हेलिकोप्टर लिएर पुग्ने र पीडितबाट फुलमाला लगाउने परिपाटीको अन्त्य गर्ने कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *