Main News

अखण्ड भारतसम्बन्धी नक्सासम्बन्धी वास्तविकता बुझ्न दूतावासलाई निर्देशन

हिमालय टिभी
२०८० असार ५ गते १३:२७
अखण्ड भारतसम्बन्धी नक्सासम्बन्धी वास्तविकता बुझ्न दूतावासलाई निर्देशन

५ असार २०८० काठमाडौं । सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिनुभएको हो ।

भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको छ ।

त्यो नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ भने सरकारलाई भारतको प्रतिवाद गर्न दबाव परेको छ । तर यसअघि परराष्ट्रमन्त्री साउदले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा अखण्ड भारतको नक्सामा नेपालको भूमि समावेश भएकोबारे आफूलाई जानकारी नभएको बताएपछि चर्को आलोचना भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसदमा परराष्ट्रमन्त्री साउदको राजीनामा मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *