Main News

बाढी र पहिरोका कारण १० जनाको मृत्यु, २६ जना बेपत्ता

हिमालय टिभी
२०८० असार ५ गते १३:२३
बाढी र पहिरोका कारण १० जनाको मृत्यु, २६ जना बेपत्ता

५ असार २०८० काठमाडौं । सरकारले पूर्वी पहाडमा असार २ गते आएको बाढी पहिरोले पुर्‍याएको क्षतिबारे संसदलाई जानकारी गराएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोका कारण पूर्वी पहाडमा हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा बाढी पहिरोका कारण ६ जना घाइते र २६ जना बेपत्ता भएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले ५४ घर पूर्ण रूपमा क्षति भएको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले राहत तथा उद्धारका लागि सबै निकायलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले बेपत्ता भएकाको खोजी जारी रहेको बताउनुभयो । सांसदहरुले बैठकमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे सदनलाई जानकारी गराउन माग गरेपछि गृहमन्त्री श्रेष्ठले आज जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली हिजो प्रभावित क्षेत्र संखुवासभा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *