Main News

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

२०८० असार ५ गते १३:१८
प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

५ असार २०८० काठमाडौं । प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी गराउनुभयो ।

सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गर्नुभयो ।

असार ८ गते हुने प्रश्नोत्तरमा पहिलो समूहमा रहेका सांसदहरुले प्रश्न टिपाउने र सोहीमाथि छलफल हुनेछ । यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *