Main News

रास्वपा सभापतिबाट राष्ट्रिय झण्डाको दुरुपयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ३ गते २०:५५
रास्वपा सभापतिबाट राष्ट्रिय झण्डाको दुरुपयोग (भिडियो रिपोर्टसहित)

३ असार २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उल्टो झण्डा फहराउनु भएको छ । देशको पहिचानको मानक राष्ट्रिय झण्डा पार्टी कार्यक्रममा दुरुपयोगको आरोप खेप्दै आउनु भएका लामिछानेले पछिल्लो पटक एक पार्टी कार्यक्रममा सोही राष्ट्रिय झण्डालाई उल्टो बनाएर फहराउनुभयो ।

यो दृश्यमा झण्डा फहराइरहेका व्यक्ति हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीका ससभापति एवं सांसद रवि लामिछाने । यो झण्डाको प्रयोग कुनै सार्वजनिक विशेष समारोहमा भइरहेको छैन । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डा फहराइरहनु भएको छ ।

उसो त रास्वपाले राष्ट्रिय झण्डाको प्रयोग गरेको यो नौलो घटना होइन । पार्टीका कार्यक्रम होस् वा चुनावी प्रचार रास्वपाका नेताहरुले राष्ट्रिय झण्डै ओढेर हिँडेका थिए । उसो त अरु दलका कार्यक्रममा पनि राष्ट्रिय झण्डाको प्रयोग बढेको छ ।

यसलाई पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डाको दुरुपयोगका रुपमा आलोचनासमेत हुँदै आएको छ । तर, यो दृश्यमा अझ लज्जास्पद विषय के छ भने, रास्वपाका सभापतिले फहराएको झण्डा नै उल्टो छ । नेपालको झण्डाका माथिल्लो भागमा चन्द्र र तल सूर्य हुन्छ । तर, यो झण्डा हेर्नुस्, ठिक उल्टो छ ।

देशको चौंथो शक्ति बनेको रास्वपाका सभापति स्वयं सहभागी कार्यक्रममा उल्टो झण्डा फहराइनु आयोजकको त कमजोरी हो नै । सभापति लामिछानेको लापरवाही पनि हो । स्वयंले झण्डा फहराउँदा किन ध्यान दिनु भएन ? प्रश्न स्वयं लामिछाने माथि उठ्छ ।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाएको छ भने कुन प्रयोजनमा कुन आकारको झण्डा प्रयोग गर्ने समेत प्रष्ट व्यवस्था गरिएको छ ।

नेपालको संविधानको धारा ८ मा माथिल्लो भागमा खुर्पे चन्द्र र तल्लो भागमा सूर्य रहेको झण्डा हुने उल्लेख छ । तर, यतिसम्म लापरवाही वा दुरुपयोग बढेको छ की झण्डामा चन्द्र सूर्य समेत उल्टो पार्न थालिएको छ । राष्ट्रिय झण्डाको दुरुपयोग बढेपछि गृहमन्त्रालयले ०६९ जेठ २२ मा राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि नै जारी गर्‍यो । तर, झण्डाको दुरुपयोग रुोकिएको छैन ।

झण्डाको आकार र प्रयोगबारे आफैले जारी गरेको कार्यविधि पटक पटक दुरुपयोग हुँदा पनि गृह मन्त्रालय भने मौन छ । कूनै अमूक विचार बोकेर हिँड्ने दलहरुका कार्यक्रममा राष्ट्रिय झण्डाको दुरुपयोग कहिलेसम्म ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *