Main News

गण्डकी बजेट, विपक्षीले गरे प्रसंशा (भिडियो रिपोर्टसहित)

२०८० असार ३ गते २०:४७
गण्डकी बजेट, विपक्षीले गरे प्रसंशा (भिडियो रिपोर्टसहित)

३ असार २०८० कास्की । असार १ मा गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा ग्यो । तर, यो पटकको बजेटको सत्ता पक्षले मात्र होइन प्रतिपक्षले पनि सामान्य आलोचना वाहेक सकारात्मक टिप्पणी गरेका छन् ।

प्रदेश सरकारको दोस्रो कार्यकालको पहिलो बजेट आकारमा घटे पनि बजेटमा समेटिएका कार्यक्रमलाई भने एमालेले पनि बजेटको प्रशंसा गरेको छ ।

चालु आर्थिक वर्षमा भन्दा २ अर्व ४८ करोड घटाउदै ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेको गण्डकी प्रदेश सरकारले बजेटलाई केही नयाँ स्वरुपमा ढालेको छ ।

कृषिमा दिदै आएको अनुदानलाई परिवर्तन गरी उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नु, सरकारी र सामुदायीक भवन निर्माणलाई बजेट बिनियोजन गरिएको छैन । यस्तै नयाँ सवारी खरिद नगर्ने नीति पनि बजेटमा समावेस गरिएको छ ।

अर्थ मन्त्री आलेका यी कदमलाई बजेटका सकारात्मक पक्षाका रुपमा हेरिएको छ । आगामी आर्थिक वर्षका लागि ४ दशमलव १ प्रतिशत अर्थात ५३ करोड ६२ लाख चालु खर्च कटौती गरेको बताएका छन् । औपचारिक रुपमा गरिने कोठे कार्यक्रम सेमिनार, भत्ता, इन्धन सुविधा कटौती, मर्मत खर्च कटौती र सवारी नयाँ सवारी साधनको खरिद नगर्ने नीतिका कारण रकम बचत हुन आउने अर्थ मन्त्रालयको अनुमान छ ।

साना र खुद्रे आयोजनामा बजेट वितरण गरेर स्थानीय तहको तारो बनेको प्रदेशले यस पटक भने त्यस्ता आयोजनालाई बजेट बिनियोजन गरेको छैन । भौतिक पूर्वाधार तर्फ ३० लाख नघट्ने गरी र सिंचाइ र खानेपानी तर्फ भने १० लाख नघट्ने गरी बजेट बिनियोजना गरिएको छ ।

प्रदेश मातहतका अस्पतालहरुमा १० वर्ष मुनिका बालबालिका र ६० वर्ष भन्दा माथिका नागरिकलाई ओपिडी र प्रयोगशाला परीक्षण निःशुल्क र डायलायसिस सेवालाई विरामीको संख्या अनुसार विस्तार गर्ने पालो पर्खनुपर्ने अवस्थाको अन्त्य गर्ने भन्दै सरकारले बजेटमा प्राथमिकता दिएको छ । प्रतिपक्ष दलले समेत कार्यान्वयनमा ध्यान दिन सके बजेट सकारात्मक भनेका छन् ।

सरकारले खानेपानी र सिंचाइका लागि बजेटमा जोड दिएको छ । सिंचाइका लागि १ अर्व २४ करोड र खाने पानीका लागि २ अर्ब २४ करोड र सिंचाइको विद्युत महशुलमा सहुलीयतका लागि ५ करोड बिनीयोजना गरिएको छ । कृषि स्मार्ट फर्म र नमुना कृषि गाउँका लागि ८ करोड रुपैया बिनियोजन गरेको छ । बजेटको ठुलो आकार भौतिक पूर्वाधार मन्त्रालयलाई १२ अर्ब ५१ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *