Main News

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

२०८० असार ३ गते १४:००
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

३ असार २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा रत्नमणि गजुरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको जनाइएको छ ।

उहाँका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको छ । राष्ट्रपति पौडेल शनिबार बिहानदेखि सो अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *