Main News
बजेट पास हुन नदिने एमाले उपाध्यक्ष नेम्वाङको चेतावनी (भिडियो रिपोर्टसहित)
२०८० असार २ गते १८:१८

२ असार २०८० काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने चेतावनी दिनुभएको छ ।
पार्टीका मधेस प्रदेश सभा सदस्यलाई प्रशिक्षण दिन जनकपुर पुगेका उपाध्यक्ष नेम्वाङले बजेट भेदभावपूर्ण रहेकाले कुनै पनि हालतमा संसदबाट पास हुन नदिने बताउनुभयो ।
उहाँले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रुपमा गरिएको बजेटको समर्थन गर्न नसकिने स्पष्ट गर्नुभयो ।
फरक प्रसङ्गमा उपाध्यक्ष नेम्वाङले नागरिकता पाउनुपर्ने व्यक्तिले नागरिकता पाउन ढिलाइ गर्ननहुने बताउनुभयो । उहाँले नागरिकताको विषय टुंगोमा पुर्याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने बताउनुभयो ।
प्रतिक्रिया