Main News

निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न रास्वपाको आग्रह

२०८० असार २ गते १६:४७
निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न रास्वपाको आग्रह

२ असार २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्र्सम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गर्नुभएको छ ।

रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गर्नुभएको हो ।

“विसं २०८४ को निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ”, उहाँले भन्नुभयो, “वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रुपमा तयार गर्ने योजना छ ।”

सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गर्नुभयो । रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *