Main News

सुदूरपश्चिम प्रदेशसभाको लोगो चौथो पटक परिवर्तन गरिँदै (भिडियो रिपोर्टसहित)

२०८० असार २ गते १४:४३
सुदूरपश्चिम प्रदेशसभाको लोगो चौथो पटक परिवर्तन गरिँदै (भिडियो रिपोर्टसहित)

२ असार २०८० कैलाली । पुस १५ गतेमात्रै साढे ५ लाख खर्च गरेर सांसदहरूलाई सुन र चाँदीजडित लोगो प्रदान गरेको सुदूरपश्चिम प्रदेश सभाले फेरि नयाँ डिजाइनको लोगो (ब्याच) बनाउने तयारी थालिएको छ ।

पहिले बनेको लोगोको स्वरूप ठीक नभएको र केही थप गर्नुपर्ने भन्दै पुन अर्को लोगो बनाउन लागिएको हो । यसबाट प्रदेशसभालाई थप व्ययभार पर्नेछ ।

दोस्रो कार्यकालको पहिलो वर्ष पनि पूरा नहुँदै प्रदेशसभा सदस्यको लागि चौथो पटक लोगो बनाउने तयारी भइरहेको छ । यसअघि सुरूमा धातुको लागो निर्माण गरिएको भएपनि त्यसयता सुन र चाँदीजडित लोगो तयार गरिएको हो ।

पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो । ५३ जना प्रदेशसभा सदस्यहरूको लागि ७० पिस लोगो तयार गर्दा डेढ लाखभन्दा बढी खर्च गरिएको थियो । त्यो बेला धातुको जडित लोगो भएको हुँदा कम खर्च भएपनि त्यसयता सुन र चाँदी लेपेर बनाउन थालिएपछि खर्च बढेको हो ।

२०७७ जेठ ७ गते सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेपछि सुदूरपश्चिम प्रदेशमा पनि लोगो फेरिएको थियो । त्यसपछि त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति नबनेपनि अहिले फेरि लोगो फर्न तयारी भएको छ । प्रदेश सभाले चोथौ पटक फेर्न लागेको लागोको प्रदेश सभासदस्यले पनि बचाउ गरेका छन् ।

प्रदेशसभामा लोगो नेपाली कांग्रेसका पदम शाहीको संयोजकत्वमा सबै दल र स्वतन्त्र सांसद रहेको लोगो संशोधन समिति गठन गरिएको छ । समितिमा एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाशबहादुर रावल सदस्य छन् ।

राप्रपाबाट खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी पनि सदस्यमा राखिएको छ । यो भन्दा पहिले बनेका लोगो पूर्ण नभएका कारण अब प्रदेशको पहिचान र भौगोलिक अवस्था लाई चितत्रण गर्ने गरि नयाँ लोगो बनाउन थालिएको प्रदेश सभाले जनाएको छ ।

सुदूरपश्चिम सभाले अहिले सम्म प्रदेशको लोगो ९ब्याच० बनाउन मात्रै करिब १३ लाख भन्दा बढी खर्च गरिसकेको छ । पहिलो पटक लोगो बनाउदा २ हजार २ सय पर्ने गरी ७० वटाको १ लाख पचास हजार र दोस्रो र तेस्रो पटक ६० वटा लोगो बनाउँनदा ११ लाख ५० हजार खर्च गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *