Main News
रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु
२०८० असार २ गते १२:५७
२ असार २०८० रौतहट । रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
रौतहटको बौधीमाई(५ कोपवामा गएराति पानी तान्ने मोटरबाट करेन्ट लाग्दा २५ वर्षीय अरुण साह र २६ वर्षिया सितावी पण्डितको मृत्यु भएको इलाका प्रहरी कोपवाले जनाएको छ ।
घरको आँगनमा रहेको ट्युबेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि जोगाउन जाँदा पण्डितलाई पनि करेन्ट लागेको थियो ।
अचेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएका उनीहरुलाई अपस्तालले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया