Main News

सहकारी ६ वर्षमा १० अर्ब बढी ठगी (भिडियो रिपोर्टसहित)

२०८० असार १ गते २०:३३
सहकारी ६ वर्षमा १० अर्ब बढी ठगी (भिडियो रिपोर्टसहित)

१ असार २०८० काठमाडौं । पछिल्लो समय सहकारीले वचतकर्ताको रकम ठगेर भागेका घटना दिनानुदिन आइरहेका छन् । त्यस्ता बचतकर्ताले गृह जिल्लासँगै राजधानी काठमाडौंमा पनि दिनहुँ आन्दोलन गरिरहेका छन् ।

नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने पनि सहकारीले ठगिगरेको विवरण कहालीलाग्दो छ । २०७४ देखि गत चैत मसान्तसम्मको ६ वर्षको अवधिका सहकारीले बचतकर्ताको १० अर्ब बढी रकम लिएर टाप कसेका छन् ।

सहकारीले बचतकर्ताको रकम ठगी गर्ने अनुपात वर्षान्तरमा बढ्दै गएको पाइएको छ । ६ वर्षमा विभिन्न सहकारीले बचतकर्ताको १० अर्ब २६ करोड ५२ लाख ६९ हजार २८० रुपैयाँ कुम्ल्याएर भागेका छन् । २०७४–०७५ मा प्रहरी कार्यालयमा सहकारी ठगी शीर्षकमा ५ वटा मुद्दा दर्ता भए । एक करोड १२ लाख ६४ हजार एक सय ५५ रुपैयाँ ठगी भएको उजुरी पर्यो ।

आर्थिक वर्ष २०७५–०७६ मा ७६ लाख ५४ हजार ९३० रुपँयौ ठगी भएको भन्दै ६ वटा उजुरी दर्ता भए । आर्थिक वर्ष २०७६–०७७ मा २६ करोड १५ लाख १८ हजार ९७४ रुपैयाँ सहकारीले ठगी गरेको प्रहरीको तथ्याङ्क छ । यसैगरी अर्थिक वर्ष २०७७–०७८ सहकारी ठगीको घटना ह्वात्तै बढेको पाइएकोछ । सोही वर्षमा सहकारीले बचतकर्ताको एक अर्ब ११ करोड ४५ लाख १२ हजार रकम ठगी गरेका थिए ।

यस्तै आर्थिक वर्ष २०७८–०७९ को तथ्याङ्क त झनै कहालीलाग्दो छ । यो वर्ष सहकारीले बचतकर्ताको ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार ७५६ रुपैयाँ हिनामीना गरेर छन् । यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म सहकरीले १ अर्ब ४७ करोड ७० लाख ८९ हजार ४१० रुपैयाँ बचतकर्ताको पैसा गायब बनाएका छन् । ६ वर्षको अवधिमा सयौंविरुद्द उजुरी परे पनि प्रहरीले दुई सय दुई जनालाई मात्र पक्राउ गरेकोछ ।

नियमित बचत गरे वापद् आवश्यकता पर्दा रकम लिन सकिने अभिलासामा आम नागरिकले सहकारीमा रकम जम्मा गर्ने गरेका छन् । यस्तै बैंक लगायत अन्य वित्तीय संस्थाको तुलानामा बढी ब्याज पाउने लोभमा पनि सहकारीमा बचत गरेको पाइने गरेको छ । तर, पछिल्लो समय सहकारीमा रहेको साँवा ब्याज नै जोखिममा परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *