Main News

सांसद विकास कोषमा एमाले दुई जिब्रे ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १ गते २०:२३
सांसद विकास कोषमा एमाले दुई जिब्रे ! (भिडियो रिपोर्टसहित)

१ असार २०८० काठमाडौं । सांसदहरुलाई पैसा दिने विषयमा नेकपा एमाले दोहोरो चरित्र देखाएको छ ।

केन्द्रमा अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा सांसदलाई पैसा बाँड्ने गरी ल्याएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको एमालेले विरोध गरिरहेको छ । तर एमालेकी नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले भने सांसदलाई खुसी पार्न र सत्ता टिकाउन बजेटमा केन्द्रकै सिको गर्दै सांसदहरुलाई बजेट छुट्याइएको छ।

विकास निर्माणका स्थानीय आवश्यकताहरु जनप्रतिनिधिमार्फत सम्बोधन गर्न अर्थमन्त्री महतले प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरेपछि नेकपा एमालेले त्यसको आलोचना गरिरहेको छ। अब यो हेरौं ।

उहाँ चाहीँ नेकपा एमालेका नेता एवम् कोशी प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तिलकुमार मेन्याङवो । नेकपा एमाले नेतृत्वकै सरकारले सांसदहरुलाई रिझाउन र सरकार टिकाउन अध्यादेश मार्फत ल्याइएको बजेटमा प्रत्येक सांसदलाई २ करोड रुपैयाँका दरले विनियोजन गरेपछि उहाँ भने बचाउमा उत्रिनुभएको छ ।

यी दुई अभिव्यक्तिबाट प्रष्ट हुन्छ सांसदलाई बजेट दिने विषयमा नेकपा एमालेको संघ र प्रदेशमा फरक चरित्र स्पष्ट देखियो । संघीय सरकारका अर्थमन्त्री महतले विकृतिलाई प्रश्रय दिएको आरोप लगाउने एमाले नेतृत्व कोशी प्रदेश सरकारले गरेको निर्णयको बचाउमा उत्रन मिल्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *