Main News

नागरिक उड्डयन प्राधिकरणले सोध्यो मेयर शाहलाई स्पष्टीकरण

लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गर्ने चेता

हिमालय टिभी
२०८० असार १ गते १७:२०
नागरिक उड्डयन प्राधिकरणले सोध्यो मेयर शाहलाई स्पष्टीकरण

१ असार २०८० काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले प्रमुख साहसहित, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको हो । प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको हो ।

चित्तबुझ्दो जवाफ नआएमा साहसहित संलग्नलाई उडानमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । यो कानुन उल्लंघन गरेको पुष्टि भएमा साहले ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

जरिवाना नतिरेमा उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणको कानुनमा व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *