Main News

नागरिकता माग्दै काठमाडौंमा एक युवकद्वारा आत्मदाह प्रयास

हिमालय टिभी
२०८० जेठ ३० गते १८:१३
नागरिकता माग्दै काठमाडौंमा एक युवकद्वारा आत्मदाह प्रयास

३० जेठ २०८० काठमाडौं । नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकता माग गर्दै धर्ना बसेका मोरङ कटहरीका निरज कामतले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए । उनलाई तत्कालै उद्दार गरेर प्रहरीले उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरेकोछ ।

उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । कमातका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।

उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।

आज विहानैदेखि माइतीघर मण्डलामा नागरिकताविहीनहरुले प्रदर्शन गरेका थिए । नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपनि सर्वोच्च अदालतको आदेशले कार्यान्वयन रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *