Main News
गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु (भिडियो रिपोर्टसहित)
२०८० जेठ ३० गते १७:५५
३० जेठ २०८० भैरहवा । मंगलबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।
यो उडानसँगै नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान गर्ने र पछि सेवा विस्तार गर्दै जाने घोषणा गरेको छ । मलेसियामा भारतका कामदारहरू धेरै जाने भएको हुँदा भैरहवाबाट सस्तो टिकटले नेपालीसँगै भारतीय पनि लैजान सक्ने अवसर छ । तर, भैरहवामा चढाउन नपाउने भएपछि कति दिन अफरको नाममा कम्पनीले नोक्सान व्यहोर्न सक्छ टुंगो छैन ।
जजिरा र हिमालय एयरलाइन्सले केही अन्तर्राष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ । यो उडान पनि त्यस्तै हुने हो की भन्ने शंका उब्जिएको छ ।
प्रतिक्रिया