Main News

पशुपतिमा चढाइएको जलहरीमा दशै किलो सुन रहेको सदस्य सचिव थापाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ ३० गते १७:५१
पशुपतिमा चढाइएको जलहरीमा दशै किलो सुन रहेको सदस्य सचिव थापाको दाबी (भिडियो रिपोर्टसहित)

३० जेठ २०८० काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ ।

संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य सचिव मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनु भयो ।

उहाँले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनु भयो । उहाँले यो प्रकरणमा आफूले न्याय पाउन आत्महत्याको बाटो रोज्नुपर्ने हो ? भनि सांसदहरुसँग प्रश्न गर्नुभयो ।

सदस्य सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताउनु भयो । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उहाँको दावी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *