राजनीति

सभापति देउवाले तत्काल नेतृत्व हस्तान्तरण गर्नेंपर्ने महामन्त्री थापाको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ ३० गते १७:३२
सभापति देउवाले तत्काल नेतृत्व हस्तान्तरण गर्नेंपर्ने महामन्त्री थापाको माग (भिडियो रिपोर्टसहित)

३० जेठ २०८० विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले तत्काल पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग महामन्त्री थापाले पार्टी सभापति देउवा आफु नेतृत्वमा नभए पार्टी विग्रिने, बिग्रह हुने भ्रमबाट मुक्त हुनु पर्ने बताउनुभयो ।

उहाँले पार्टी सभापति देउवाले नेतृत्व हस्तान्तरण गरे उहाँ र पार्टी दुबैको हितमा हुने बताउनुभयो ।

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्